Home | FAQ | Testimonial | Contact
+977-088-400108, 400210 नयाँ भर्ना फारम: कक्षा ११ | प्राविधिक डिप्लोमा/प्रि-डिप्लोमाप्राचीन कालमा शिक्षा एक जटिल प्रकृया थियो जुन आर्जन गर्नका लागि ज्यादै कठिन थियो तापनि आज हामी जुन अवस्थामा आई पुगेको छौं त्यो प्राचिन शिक्षाको उपज हो । प्राचिन काल देखि नै मानिसहरुले कुनै न कुनै रुपवाट शिक्षा आर्जन गर्दै आईरहेको पाईन्छ । समयको चक्र संगै जटिल वन्दै गएको मावन सभ्यता र संकृति शिक्षा विना कल्पना गर्न सकिदैन थियो । तसर्थ व्यक्तिगत ऐच्छिक रुपमा रहेको शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता महशुस भयो र यसै कदमलाई अगाडी वढाउदा वर्तमान शिक्षा पद्धतिको शुरुवात भयो । जसलाई प्राचिन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियूक्ति नहोला । यस्तै संस्थागत संस्थाहरु मध्ये आफ्नै कथा व्यथा वोकी अनेकौ चुनौती र घुम्तीहरु पार गर्दै आएको विद्यालय हो । ‘‘श्री शिव जन उच्च माध्यमिक विद्यालय शीतलपाटी सल्यान”
एशिया महादेशको दुईवटा शक्ति सम्पन्न राष्ट्रहरु चीन र भारतको वीचमा रहेको स्वतन्त्र राज्य तथा सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने राप्ती अंचल अन्तरगत अति सुन्दर विकट पहाडी जिल्ला सल्यानको सदरमुकाम स्थित खलंगा गा.वि.स. वडा नं. ३ शीतलपाटी हुदै वगेको शारदा नदीको किनारमा र प्रसिद्ध खैरावाङ्ग मन्दिरको काखमा विकसित सुन्दर वजार शीतलपाटी (श्रीनगर)वजारमा अवस्थित प्राचनिक शीतलपाटी र शिव मन्दिर देखि करिव २०० मीटर उत्तर पश्चिममा रहेको पवित्र विद्याको मन्दिर शिव जन उच्च माध्यमिक विद्यालय हो ।
शिक्षाको उज्यालो घामवाट कुनै पनि वालवालिका वञ्चित हुन नपरोस भन्ने महान लक्ष्य वोकी वि.स. २०१६ सालमा तत्कालीन राजा श्री ५ महेन्द्र वीर विक्रम शाहको करकमलवाट स्थापना भई यहाँका अभिाभावक, शिक्षक र विद्यार्थी वीचको उदाहरणीय त्रिकोणात्मक सम्वन्ध स्थापित गर्दै अघि वढेको यस विद्यालयको आफ्नै प्रकारको इतिहास रहेको पाईन्छ ।
शिक्षा नै विकासको पुर्वाधार ठानी परिवर्तनशील संसारिक गतिविधि संगसंगै रुप बदल्ने मानवीय प्रकृति र हरेक समाजको उत्थानमा विभिन्न विशिष्ट व्यक्तिहरुको योगदान रहने सत्यता अनुशार यस विद्यालयको स्थापना समाजसेवी स्व.दानवहादुर थापा, विनिवहादुर वुढाथोकी, ताम्रराज श्रेष्ठ जयवहादुर थापा, तिलकवहादुर वुढाथोकी, श्री लोकहादुर थापा, श्री नारायणप्रसाद वुढाथोकी लगायतको अगुवाईमा स्थानीय शिक्षाप्रेमी वुद्धिजीवी र अभिभावकहरको सकृयतामा हाल विद्यालय रहेको स्थानमा विद्यालयको वीजारोपण भएको पाईन्छ । त्यस पूर्व विद्यालय संचालन गर्ने शिलशिलामा शिक्षाप्रेमी श्री दानवहादुर थापाज्यूले तत्कालीन खलंगा गाउँ पँञ्चायत वडा नं. १ दारिमचौरमा रहेको उहाँको आफ्नै घरमा पढ्न चाहने वालवालिकाहरुलाई जम्मागरी शिक्षा प्रदान गरेको पाईन्छ । सो क्रम विकसित हुदै जदा अन्य शिक्षा प्रेमीहरुसंग हातेमालो गर्दै तत्कालीन खलंगा गाउ पंञ्चायत वडा नं. २ मा रहेको शिव मन्दिरको प्राङ्गणमा वालवालिकाहरुलाई शिक्षा प्रदान गर्न थालियो । त्यसै कार्यलाई विद्यालयको रुपमा विकसित गर्ने क्रममा प्रशिद्ध शिव मन्दिरको नामवाट मिति २०१६÷०२÷११ गते सोमवार दिन शिक्षा प्रेमीहरु भेला भई शिव जन प्राईमरी स्कुलको नाममा यस शिव जन उच्च माध्यमिक विद्यालय शीतलपाटी, सल्यानको स्थापना भएको हो ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्दा यस जिल्लाका पुराना विद्यालयहरु मध्ये श्री शिव जन उच्च माध्यमिक विद्यालय पनि एक हो । प्रारम्भमा १२ रोपनी सरकारी जग्गामा प्राथमिक विद्यालय संचालन गर्ने हुकुम तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेववाट भएको थियो । त्यस वेला शिव जन प्राईमरी स्कुलको नामले चिनिने यो विद्यालय शुरुमा खरको छानो भएको २ कोठाको २ तले भवनमा निहित थियो । विद्यालय स्थापना कालमा यस विद्यालयको प्रधानाध्यापक श्री ढाल वहादुर अधिकारी समेत दुई जना शिक्षक कक्षा १ देखि ५ सम्म ५०÷६० जना विद्यार्थीहरुलाई अध्यापन गराउनु भएको थियो । यसरी स्थापना भएता पनि त्यसवेला सरकारी अनुदान प्राप्त नहुने भएकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री.दानवहादुर थापा, विनिवहादुर वुढाथोकी, जयवहादुर थापा, तिलकवहादुर वुढाथोकी, लोवहादुर थापा, नारायणप्रसाद वुढाथोकी ताम्रराज श्रेष्ठ जस्ता व्यक्तिहरुको सक्रियतामा प्रत्येक कृषकहरुवाट एक÷एक पाथी धान उठाएर त्यही धान विक्री गरी आएको रकमवाट विद्यालय संचालन गरेको कुरा यहाँका वृद्ध शिक्षक नित्यलाल थापा र जीवित संस्थापक सदस्यहरु श्री नारायण प्रसाद वुढाथोकी र श्री लोकवहादुर थापा लगायत स्थानीय वृद्धहरु वताउनु हुन्छ । वि.स. २०१८ सालमा सरकारवाट मात्र यस विद्यालयले अनुदान प्राप्त गरेको थियो । त्यहि वेला प्राधानाध्यापकलाई रु. १५०÷– र अन्य शिक्षक लाई रु. १२५÷– मासिक तलव थियो । यसरी विकास हुने क्रममा वि.स.२०३५ सालमा यस विद्यालयले नि.मा.वि. को स्वीकृत पाएको थियो । त्यही वेला श्री नेत्रवहादुर खत्री को अध्यक्षातामा प्रधानाध्यापक सहित ५ जना शिक्षकहरुले ३४०÷३५० जना विद्यार्थीहरुलाई अध्यापान गराउनु भएको थियो त्यसै गरी श्री नेत्रवहादुर खत्री कै अध्यक्षतामा विकास हुनै जाँदा वि.स. २०५१ सालमा प्रास्तावित मा.वि. को स्थापाना गरी अध्यापन गराईएको पाईयो । त्यस वेला श्री वादलकुमार श्रेष्ठ लागयत १० जना शिक्षकहरुले विद्यार्थीहरुलाई अध्यापन गराईरहनु भयो ।
शिक्षा नै मानव विकास गर्ने गोरेटो भएकोले वढ्दो ईच्छा आंकाक्षा को साथै देशमा वढ्दै गईरेको शहरीकरण औद्योगीकरण र जनसंख्याको अत्यधिक चापका कारण शिक्षा क्षेत्रको पनि थप आवश्यकता महशुसर गरियो । यसै क्रममा श्री शिव जन उ.मा.वि. ले एक खुड्किलो पार गर्दै वि.स. २०५६ सालमा आफ्नो नामको पछाडि उच्च शव्द थपी श्री शिव जन उच्च माध्यमिक विद्यालय शीतलपाटी, सल्यान मा अपग्रेडिङ्ग भईहाल २००० भन्दा वढि विद्यार्थीहरुको उज्जवल भविष्यको वोकेर उदाउदो सूर्यै झै मुस्कुराउदै अझै अगाडी वढ्ने क्रममा वि.स. २०६३ मा मध्यपश्चिमाञ्ंचल विकास क्षेत्रका सामुदायिक उच्च मा.वि.हरु मध्ये सर्वोउत्कृष्ठ भई क्षेत्रीय शील्ड, प्रमाण पत्र र नगत ७५,०००÷– पुरुस्का जित्न सफल यो उच्च मा.वि. ले विकास गर्दै हाल उच्च माध्यमिक शिक्षा परिषद् ले जिल्लाको अग्रज उ.मा.वि.को रुपमा विश्वास गरी शिक्षा सम्वन्धि विभिन्न संकाय थप गरिदिएको र हाल विकासको क्रममा वि.स. २०६४ साल देखि उच्च शिक्षा अन्तरगत शिक्षा संकाय तर्फ स्नातक तह सम्म शिक्षा दिन प्रारम्भ गरीसकेको छ ।
वि.स. २०१६ सालमा शिशु अवस्थावाट वीजारोपण भएको यस विद्यालयले हजारौ अभिभावकको सपनालाई साकार पािररहेको छ । यस विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म करिव २००० जना विद्यार्थीहरुले अध्यापन गरिरहेका छन् भने अस्थायी र स्थायी गरी २३ जना शिक्षक र एक जना लेखापाल सहित प्रासकीय सहायक (ना.सु) दुई जना सहायक कर्मचारी र एक जना सुरक्षा गार्ड निरन्तर कार्यरत यस विद्यालय समयको निरन्तरताको गति संगै यस विद्यालयको उज्ज्वल भविष्यत्को लागि निरन्तर खटिरहनु भएको छ ।
वि.स. २०१६ साल जेष्ठ ११ गते सोमवारका दिन शिव जन प्राईमरी स्कुलको नाममा यस शिव जन मा.वि.को स्थापना भएको पाईन्छ । क्रमश २०३५ सालमा नि.मा.वि., २०५० सालमा मा.वि., २०५६ सालमा उ.मा.वि. हुदै प्राविधिक धार तर्फ २०६८ सालमा १५ महिने कृषि जेटिए र २९ महिने कृषि जेटिए, २०७२ सालमा Diploma तह I.Sc.Ag. (Plant Science), खुला शिक्षा, दृष्टिविहीन श्रोत कक्षा समेत यस विद्यालयमा सञ्चालन भईरहेको छ ।
अभिभावकको लगानी त्याग तपस्यावाट यो विद्यालय स्थापना, विकास र विस्तार हुदै यहाँ सम्म आई पुगेको छ । यस विद्यालयले अनेकौ आरोह अवरोह पार गर्दै आजको यो सुखद अवस्था सम्म आईपुगकोको छ । आजको यूग प्रतिस्पर्धाको यूग हो । दक्ष तथा योग्य जनशक्ति गरी विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने नागरीक उत्पादन गर्ने लक्ष्य लिएको हाम्रो विद्यालय सामु अनेकौ चुनौती पनि छन् । वरीपरी च्याउ उम्रिए झै उम्रिएका निजि वोर्डिङ्ग स्कूलहरुमा अभिभावकहरु सकि नसकि आफ्ना वाल वच्चा पढाउनु पर्ने वाध्यतामा छन । समाजले विद्यालयको रोजाईलाई सामाजिक प्रतिष्ठाको विषय वनाएको छ । वालवच्चाहरुमा मानसिक असर पर्नेगरी दुई प्रकारको शिक्षा मौलाउने र झाँगिने अवसर दिईएको छ । अधिकांश अभिभावकहरुमा वोडिङ्ग पढाउने र विदेश पठाउने मानसिकताले जरा गारेकोछ । यसै कुरालाई ध्यानमा राखी वि.स. २०७३ साल देखि कक्षा १ देखि ५ सम्म अनिवार्य अग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाल र अग्रेजी दुवै माध्यमवाट शिक्षण गरीदै आएको यस विद्यालयमा निजि विद्यालय छोडेर यस विद्यालयमा पढाउने अभिभावकको चाप वढेको छ ।
आज मुलुकमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको छ । राजनैतिक रुपमा भन्नु पर्दा नेपालमा कायापलट भएको छ तर सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा, रोजगारका क्षेत्रहरु झन झन आक्रान्त वनेकाछन् । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रुपमा उल्लेख गरिएता पनि आर्थिक अभावकै कारणले गरीव, निमुखा, सडक वालवालिकाहरु शिक्षाको अवसरवाट वञ्चित वनेको तथ्य जिवीत छ । आज पनि शिक्षाको राष्ट्रिय निती स्पष्ट छैन स्थानिय तह, प्रदेश र केन्द्रले यसको स्पष्ट खाका वनाई नसकेकोले शिक्षामा अन्यौल छाएको यथार्थ हो । पाठ्यक्रम पाठ्य पुस्तक समयानुकुल निर्माण हुन सकेको छैन्न । स्तुति गान र कारीन्दामुखी शिक्षा प्रणालीवाट राष्ट्रलाई आवश्यक पर्ने दक्ष्य जनशक्ति उत्पादन हुने कुरा असम्भव प्राय छ । तानाशाही निर्दलीय पञ्चायती व्यवस्थाको जन्मसंगै स्थापाना हुन पुगेको यस विद्यालयले आजको राजनैतिक परिवर्तनको यो अवस्थामा उभिदा पनि राष्ट्रका सामाुदायिक अन्य विद्यालय जस्तै विभिन्न चुनौतिहरुसंग जुध्नुपरेको तथ्य कसैवाट लुकेकोछ्रैन ।