डिजिटल प्रविधियुक्त बन्दै शिवजन मा.वि.



डिजिटल प्रविधियुक्त बन्दै शिवजन मा.वि.

भाद्र ९, सल्यान । सल्यानको शिवजन मावि डिजिटल प्रविधियुक्त हुदैछ । विद्यालयका ४ कक्षामा डिजिटल बोर्ड जोडेपछि विद्यार्थीलाई शिक्षण गर्न सहज हुने विद्यालयले जनाएको छ । शुक्रबार एक कार्यक्रमका विच डिजिटल बोर्ड सहित विद्यालयको वेव साइटको उद्घाटन गरिएको हो । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटनका क्रममा नगरभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने गरि आफुले सहयोग गर्ने बताएका छन । उनले  प्रविधिको सहायताले कामलाई सजिलो र सरल बनाउने भएकाले त्यसको प्रयोगमा लाग्नुपर्ने बताएका छन । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै  आगामी दिनमा प्रविधिमैत्री बनाउन अझै पहल गर्ने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकिकरणको सहयोगमा विद्यालयमा ४ डिजिटल बोर्ड प्रोजेक्टर सहित प्राविधिक सामाग्री जडान गरिएको र थोरै रकममा अनलाइनको डिजाइन विद्यालयका प्रशिक्षक सुरेश खड्का गरेका हुन । उनले कार्यक्रममा सबैलाइ प्रविधिका बारेमा जानकारी दिएका थिए । 
    

शित्तलपाटीमा रहेको शिवजन माविमा डिजिटल बोर्ड जडान गरेपछि शिक्षकहरुलाइ अध्यापन गराउन सहज हुनुका साथै अध्ययन तथा अध्यापनको समयमा समस्या भएमा कक्षामा नै इन्टरनेटको सहायताले अध्यापन गर्न सकिनेछ ।
  विद्यालयमा १० एमवीपिएसको इन्टरनेट जोडिएको र ४ वटै डिजिटल बोर्डमा इन्टरनेटको सहायताले समेत अध्यापन गराइने विद्यालयले जनाएको छ । प्रविधिका बारेमा अहिले शिक्षक, प्रशिक्षक तथा कर्मचारीलाई पनि सिकाउने काम भैरहेको विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिएका छन । विद्यालयले आफ्नै वेव साइट निर्माण गरेको छ । 

-अनलाइन तहल्का

प्रकाशित मिति : 2018-08-27 14:00:51

Notice

News & Events

Academic Program

Faculty Member

© Copyrights 2025 SHIVA JAN SECONDARY SCHOOl All Rights Reserved.

Design & Developed by : Suresh Khadka