बिध्यालयका लक्ष्य तथा उदेश्यहरु



बिध्यालयका भावि रणनिती तथा कार्यक्रमहरु:

शिव जन मा.वि.लाई के ? वनाउने कस्तो थलो वनाउने ? के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कोणवाट जाँचिनु र नापिनु पर्दछ । सोही नाप अनुसारको नक्शाङ्कन सहित भावि योजना निर्माण गरिनु पर्दछ । योजना निर्माण गर्नुले ५०% कार्य पुरा हुन्छ भन्ने युक्तिले हामी योजना निर्माणको प्रकृयामा एक पछि अर्को गर्दै आएकाछौ । यस विद्यालयको भावि लक्ष्य यस प्रकारको हुनेछ । 

  • शैक्षिक स्तर वृद्धि गराउन र अभिभावकको रुचि चाहानालाई हामी तर्फ फर्कन वाध्य पार्ने खालको शैक्षिक वातावरण मिलाईने छ भने शिक्षक-कर्मचारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका सन्ततिलाई आफू कार्यरत विद्यालयमा नै पढाउनुपर्ने व्यवस्था गरिने छ । 
  • कक्षा नर्सरी देखि कक्षा १० सम्म अग्रेजी माध्यम अध्यापन भई रहेको र कक्षा ११-१२ सम्म पनि अग्रेजी माध्यममा अध्यापन गराई नतिजा १००% पुर्याउने लक्ष्य लिइएका छौ भने आगामी शैक्षिकसत्रमा  भर्नाको लागि Entrance Exam को व्यवस्था गरिने छ । 
  • कम्प्यूटर तथा सुचना प्रबिधी शिक्षामा धेरै विद्याथीको पहुच पुर्‍याउने र बिध्यालयललाई सुचना प्रविधि मैत्री स्मार्ट बिध्यालयको रुपमा बिकास गर्न योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । 
  • यस मा.वि.मा विज्ञान संकायको सम्वन्धन लिई सकेको तर अध्यापन गराउन नसकेको हुनाले आगामी शैक्षिक सत्र देखि विज्ञान विषयको अध्यापन सुरु गरिनेछ । 
  • आजको युगको आवश्यकता अनुसार प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने कुरालाई ध्यान दिदै CTEVT मार्फत Animal Science का साथै B.Sc. Ag. को अध्यापनको लागि प्रकृया अगाडी वढाईने छ । 
  • कार्यक्रम हल, छुट्टै प्रशासनिक भवन, लाईव्रेरी भवन, स्टोर कक्षको, व्यस्थापन गरिने छ । 
  • छात्रावासको व्यवस्था भएको सामुदायिक विद्यालय अभावको कारणले टाढावाट आई कक्षा ९,१०, ११र १२ पढ्न आउने विद्यार्थीहरु वञ्चित हुन परेको छ । यस अवस्थामा आर्थिक पक्ष वलियो वनाउदै छात्रावासको व्यवस्था गरिनेछ ।


Notice

News & Events

Academic Program

Faculty Member

© Copyrights 2025 SHIVA JAN SECONDARY SCHOOl All Rights Reserved.

Design & Developed by : Suresh Khadka