Home | FAQ | Testimonial | Contact
+977-088-400108, 400210 नयाँ भर्ना फारम: कक्षा ११ | प्राविधिक डिप्लोमा/प्रि-डिप्लोमामिलन घिमिरे । सल्यान जिल्ला कर्णाली प्रदेश अन्तर्गत एक पहाडी जिल्ला हो । यो जिल्ला प्राकृतिक सम्पदन, ऐतिहासिक तथ्य धार्मिक स्थलहरु र संस्कृतिले धनि जिल्ला मानिन्छ । प्राकृतिक स्रोत र साधन ले भरिपूर्ण यो जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ । बेमौसमी तरकारी खेती, फलफुल खेती र प्रसिद्ध माल्नेटाको अदुवा देशको विभिन्न बजार मात्र नभई बाह्य मुलुकाहरुमा पनि निर्यात हुने गरेको छ । भौगोकिक विविधता, ठाउ अनुसार फरक मौसमको प्रभाव, निरन्तर बगिरहने नदीनाला तथा समथल उर्वर भुमी भएकै कारणले कृषि कार्यका लागि निकै सम्भावना बोकेको जिल्ला मानिन्छ ।
आर्थिक रुपले सकृय जनसंख्याको करिब ८० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आत्मनिर्भर छ । त्यसकारण पनि सल्यान जिल्लाको आर्थिक मेरुदण्ड भनेको कृषि नै हो । सल्यान जिल्लाको कुल क्षेत्रफलको करिब २३ प्रतिशत भुभाग खेति योग्य मानिन्छ । कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको भएतापनि विभिन्न कारणहरुले गर्दा यो क्षेत्रमा उल्लेख्यनिय प्रगति भने हुन सकेको छैन । परम्परागत खेती प्रणाली, सिचाईको असुविधा, उत्पादीत बस्तुका लागि बजारको असुविधा, यातायात, आर्थिक तथा प्राविधिक सहयोग नहुनु नै कृषि क्षेत्रको प्रमुख चुनौति मानिन्छ ।
अधिकाशं मानिसहरु कृषि पेसामा संलग्न भएको कारणले गर्दा यहाँका मानिसहरुको रोजाई प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा नै हुन गएको छ । छोटो समयमा, कम लागतमा र कम अंक (एस.एल.सी.) मा ल्यारएर पढन पाईने र पढाई पछि तुरुन्त जागिर पाइने अथवा आफुले पढेको कुरालाई प्रत्यक्षरुपमा आफ्नै खेतबारी मा उपयोग गरी व्यवसायिक रुपमा कृषि तथा पशुपालन गरी मनग्ये आम्दानी गर्न सकिने भएको कारणले गर्दा शिक्षामा यहाँका मानिसहरुको आकर्षण बढदो छ ।
प्राविधिक शिक्षा हासिल गर्ने चहाना हुदा हुदै यस जिल्लामा उक्त सुविधा नहुदा यहाका विद्यार्थीहरु जिल्ला बाहिर अर्थात देशका विभिन्न स्थानमा गइ अनेकौ बाधा अडचन पार गर्दै कृषि शक्षिा अध्यययन गर्ने गरेको कुरा सर्वविदित नै छ । आर्थिक पारिवारिक, समाजिक समस्याले गर्दा यो शिक्षा अध्ययन गर्न जिल्ला वाहिर जान सबैलाई सहज हुन सकेन जस्ले गर्दा प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा सबैको पहुचमा हुन सकेन ।
यसै समस्यालाई मध्यनजर गर्दै यहाका स्थानिय बासिन्दा राजनैतिक दलहरु तथा सरोकारवालाहरुको पहलमा वि.स. २०६९ सालमा सामुदागिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) अन्तर्गत यस शिवजन माध्यामिक विद्यालयमा CTEVT द्धारा मान्यता प्राप्त १५ महिने कृषि जे.टि.ए. कार्यक्रम संञ्चालन भयो । जसले गर्दा सल्यान जिल्ला मात्र नभई रुकुम जाजरकोट, रोल्पा, प्युठान, दाङ जिल्ला समेतकाच विद्यार्थीहरु लाभान्वित भए । शैक्षिक सत्र २०६९/७० बाट उत्पादीत विद्यार्थीहरु विभिन्न सरकारी, गैरसरकारी, तथा आफनै निजी फार्म स्थापना गरी व्यावसायिक रुपमा खेती गर्न थाले अर्थात स्थापित भए । सो को फलस्वरुप पछिल्ला वर्षहरुमा यस क्षेत्रमा विद्यार्थीको चहाना बढदै गयो र विद्यालयमा चापा बढदै गयो । सोही आवश्यकतालाई मध्यनजर गर्दै विज्ञान कार्यक्रम संचालन भयो जसको फलस्वरुप अधिंकाश विद्यार्थीको पहुचमा कृषि शिक्षा पुग्ने भयो । यसको उपज नै यस जिल्लाको कृषि क्षेत्रमा क्रमिक सुधार आउन थाल्यो जसले गर्दा यहाका मानिसहरु आधुनिक व्यावसायिक तरकारी खेती, विभिन्न बालीहरुको विउ उत्पादन, फलफुल खेती, पशुपालन, मत्स्यपालन, मौरिपालन, बाख्रा, वंगुर, कुखुरापालन तर्फ मानिस आकर्षित हुदै गए । र सफलतापनि हासिल हुदै गयो । शैद्धान्तिक भन्दा प्रयोगात्मक कक्षाहरुमा बढी जोड दिने भएकोले नै यस शिक्षामा विद्यार्थीहरुले बढी अभिरुचि राखेको पाइन्छ ।
कम समयमा, कम लागतमा बढी भन्दा बढी रोजगारी सृजना गर्ने हुदाँ व्यवहारिक रुपमा प्राविधिक शिक्षालाई गरि खाने शिक्षा भनिन्छ । हाल सम्म यस विद्यालयले २०० जना भन्दा माथि प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारीका विभिन्न क्षेत्रहरुमा स्थापित गराइसकेको र हाल प्रतिवर्ष लगभग ८० जना विद्यार्थीहरु गुणस्तरिय शिक्षा सहित दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ । साथै आउदा वर्षहरुमा अझै बढी विद्यार्थीहरुको इच्छा चहानालाई मध्यनजर गर्दै अन्य विभिन्न कार्यक्रमहरु संञ्चालन गर्ने लक्ष्य रहेको छ ।
मिलन घिमिरे
प्रोग्राम कोडिनेटर Ag)
शिवजन माध्यमिक बिध्यालय शितलपार्टी सल्यान ।
प्रकाशित मिति : 2018-07-15 11:48:28