विबिध सामाचार तथा लेख रचनाहरु



  • डिजिटल प्रविधियुक्त बन्दै शिवजन मा.वि.

    भाद्र ९, सल्यान । सल्यानको शिवजन मावि डिजिटल प्रविधियुक्त हुदैछ । विद्यालयका ४ कक्षामा डिजिटल बोर्ड जोडेपछि विद्यार्थीलाई शिक्षण गर्न सहज हुने विद्यालयले जनाएको छ । शुक्रबार एक कार्यक्रमका विच डिजिटल बोर्ड सहित विद्यालयको वेव साइटको उद्घाटन गरिएको हो । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटनका क्रममा नगरभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने गरि आफुले सहयोग गर्ने बताएका छन । उनले  प्रविधिको सहायताले कामलाई सजिलो र सरल बनाउने भएकाले त्यसको प्रयोगमा लाग्नुपर्ने बताएका छन । 

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै  आगामी दिनमा प्रविधिमैत्री बनाउन अझै पहल गर्ने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकिकरणको सहयोगमा विद्यालयमा ४ डिजिटल…

  • शिक्षाबारे मेरो गन्थन अनि मन्थन

    बिर बहादुर सेजवाल । शिक्षालाई जीवन र जगतका लागि अपरिहार्य अवयवको रुपमा मानिन्छ । नेपालमा शिक्षा गुरुकुलबाट प्रारम्भ भएको लिखत प्रमाण भएता पनि ब्यवहारिक रुपमा शिक्षाको शुरुवाति क्षेत्र भने आमाले छोरीलाई र बाबुले छोरालाई जीवन सञ्चालन गर्न घरायसी कामकाजमा परामर्श तथा म्यानुफेक्चरिङ्ग शिक्षा दिएको कुरा जग जाहेर नै छ र जुन शिक्षा आज पनि उत्तिकै जीवन्त र सार्थक मानिन्छ । नेपालले शिक्षा विकासको क्रममा गुरुकूल , संस्कृत , पाठशाला हुँदै औपचारिक , अनौपचारिक र अरितिकको रुप धारण गरी विश्वको अत्याधुनिक शिक्षा ( Post Modern Education ) लाई पछ्याउदै आएको पाईन्छ । अहिले सूचना तथा सञ्चारको कारणले गर्दा सिङ्गै  संसार विश्व…

  • सल्यान जिल्लामा कृषि शिक्षाको आवश्यकता

    मिलन घिमिरे । सल्यान जिल्ला कर्णाली प्रदेश अन्तर्गत एक पहाडी जिल्ला हो । यो जिल्ला प्राकृतिक सम्पदन, ऐतिहासिक तथ्य धार्मिक स्थलहरु र संस्कृतिले धनि जिल्ला मानिन्छ । प्राकृतिक स्रोत र साधन ले भरिपूर्ण यो जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ । बेमौसमी तरकारी खेती, फलफुल खेती र प्रसिद्ध माल्नेटाको अदुवा देशको विभिन्न बजार मात्र नभई बाह्य मुलुकाहरुमा पनि निर्यात हुने गरेको छ । भौगोकिक विविधता, ठाउ अनुसार फरक मौसमको प्रभाव, निरन्तर बगिरहने नदीनाला तथा समथल उर्वर भुमी भएकै कारणले कृषि कार्यका लागि निकै सम्भावना बोकेको जिल्ला मानिन्छ । 

    आर्थिक रुपले सकृय जनसंख्याको करिब ८० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आत्मनिर्भर…

  • विद्यालयको शैक्षिक र भौतिक विकासका निम्ति SIP को आवश्यकता

    शिवलाल थापा । विद्यालयको व्यवस्थापकिय कुशलतामा अभिवृद्धि गरी उपलब्ध स्रोत र साधनको सर्वोत्तम परिचालन गरेर उच्चतम प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले Better School, Better Teaching, Better Learning , Better input and Better output जस्ता पक्षहरुलाई समेटिएको गुणस्तर सुधार अभियानमा केन्द्रित ५ वर्षे आवधिक संस्थागत तहको सुक्ष्म योजना विद्यालय सुधार योजना हो । यो योजना शैक्षिक क्षेत्रमा विकेन्द्रिकृत शैक्षिक योजना अभ्यास अन्तर्गतको सुक्ष्म योजना भएको हुँदा यसलाई कार्यान्वयन तहमा निर्माण र प्रयोग गरिने साधनको रुपमा पनि लिइन्छ, जसलाई लक्षित नतिजा हासिल गर्न आन्तरिक क्षमता विकासका प्रयास र प्रक्रियालाई एकिकृत गरी निर्माण गरिन्छ । स्थानीय अभिभावक, शिक्षाप्रेमी, विद्यार्थीहरु, समाजसेवी तथा सरोकारवाला लगायतका ब्यक्तिहरुको संलग्नता…

  • विद्यालयको उच्चतम विकासमा व्यवस्थापनको आवश्यकता

    राजेश बिक । मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारण बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । रोमन क्याथोलिक चर्च प्लेटो, शुकरात जस्ता दार्शनिकहरुले यस सम्बन्धी अब धारणलाई उजागर गर्ने काम गरे सुमेरियम सभ्यता, मिश्र मेसोपोसियम सभ्यता र चिनको सभ्यताले समेत व्यवस्थापन कार्यमा विशेष योगदान दिईएको मानिन्छ । 

Notice

News & Events

Academic Program

Faculty Member

© Copyrights 2025 SHIVA JAN SECONDARY SCHOOl All Rights Reserved.

Design & Developed by : Suresh Khadka